सरकारमा अधिनायकवादी प्रवृत्तिको प्रतिविम्ब देखियो : पद्मा अर्याल « Khabarhub

सरकारमा अधिनायकवादी प्रवृत्तिको प्रतिविम्ब देखियो : पद्मा अर्याल


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी र सर्वसत्तावादी प्रवृत्तिको प्रतिविम्ब देखिएको आरोप लगाएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको सय दिनको कार्यसम्पादनबारे धारणा राख्दै अर्यालले नयाँ सरकार गठनसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता सङ्कटमा परेको दाबी गरिन्।

उनले सरकार राष्ट्रिय हितका विषयमा गम्भीर रूपमा चुकेको आरोप लगाउँदै नेपालले भारतको भूमि मिचेको भन्ने विवादास्पद अभिव्यक्तिले देशको ऐतिहासिक गौरव र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको बताइन्।

अर्यालले संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता सन्तुलन मिलाउने साधन नभएको उल्लेख गर्दै संविधानका आधारभूत व्यवस्था परिवर्तन गर्ने वा कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन्।

उनले लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, सङ्घीय शासन प्रणाली, समावेशी व्यवस्था तथा नागरिकका मौलिक हकमाथि असर पुग्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिइन्।

अर्यालले प्रतिपक्षले विरोधका लागि मात्र विरोध नगर्ने भन्दै जनमतको सम्मान हुने गरी सरकारलाई सफल बनाउन आवश्यक खबरदारी जारी राख्ने बताइन्।

सरकारलाई सय दिनको कार्यकालबाट गम्भीर पाठ सिक्न सुझाव दिँदै उनले राजनीतिक प्रतिशोध, घृणाबाट प्रेरित गैरन्यायिक गिरफ्तारी, अपारदर्शी समूहको निर्देशनमा सरकार सञ्चालन, विधिको शासनको उल्लङ्घन तथा संसद्प्रतिको गैरजवाफदेहिता त्याग्न आग्रह गरिन्।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ३ : ११ बजे

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै