अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु « Khabarhub

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्टले खेल अधिकारीहरूमाथि गम्भीर आरोप लगाएको छ । एटलान्टामा भएको उक्त खेलमा साविक विजेता अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरे पनि खेलका दौरान भिडियो असिस्टेन्ट रेफ्रीको निर्णय विवादमा तानिएको छ ।

खेलको ५८औँ मिनेटमा इजिप्टले गरेको दोस्रो गोललाई भीएआरले अमान्य घोषित गरेको थियो । तर खेलको अन्तिम समयमा अर्जेन्टिनाले तेस्रो गोल गर्नुअघि इजिप्टका मोहमद सलाहमाथि उस्तै फउल भएको थियो । यसबेला भने भीएआर मौन रह्यो ।

इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले फिफा र रेफ्रीहरूले विश्वकपमा लियोनेल मेसीजस्ता ठूला स्टार र डिफेन्डिङ च्याम्पियन टोलीलाई जोगाउन दबाबमा काम गरेको आरोप लगाएका छन् । उनले मैदान बाहिरका तत्वहरूले खेलमा प्रभाव पारेको र अर्जेन्टिनालाई हरेक स्तरबाट सहयोग मिलेको दाबी गरे ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फिफालाई दबाब दिएर अमेरिकी खेलाडीको प्रतिबन्ध फुकुवा गराएको विवाद सेलाउन नपाउँदै यो अर्को नयाँ विवाद सतहमा आएको हो ।

खेल विश्लेषकहरूले पनि ट्रम्प प्रशासन र अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईबीचको निकट सम्बन्ध तथा प्रशिक्षक हसनले प्यालेस्टाइनको समर्थनमा दिएको अभिव्यक्तिका कारण रेफ्रीहरूमा पूर्वाग्रह देखिएको हुनसक्ने आशंका गरेका छन् । पोर्चुगिज फुटबल आइकन जोसे मौरिन्होले त यो खेल ‘दिउँसै लुटिएको’ टिप्पणी गरेका छन् ।

खेलको प्राविधिक पक्षलाई हेर्दा, इजिप्टको गोल रद्द गराउने फउल सामान्य हुदाँहुदै पनि भीएआरले निकै पछिसम्मको फुटेज हेरेर निर्णय उल्ट्याएको थियो । अचम्मको कुरा, खेल विश्लेषकहरूका अनुसार रेफ्रीको निर्णय एकतर्फी देखिन्थ्यो र सबै ५०-५० को सम्भावना भएका निर्णयहरू अर्जेन्टिनाकै पक्षमा गइरहेका थिए ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ५ : ३२ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा