अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद « Khabarhub

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो । खेलको ७९ मिनेटसम्म २ गोलले पछि रहेको अर्जेन्टिनाले अन्तिम १४ मिनेटमा जादु देखायो । तीन गोल गरेर इजिप्टलाई ३–२ ले रोक्यो । अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीको पेनाल्टी मिस, इजिप्टको काउन्टर एट्याक र इजिप्टका अमान्य गोल खेलका रोचक पाटा थिए ।

यो खेलमा मुख्य रेफ्रीको जिम्मेवारी फ्रान्सका फ्रान्कोइस लेटेक्सियरले सम्हालेका थिए । उनको भूमिकामाथि पनि धेरैले प्रश्न उठाएका छन् ।

अर्जेन्टिनाको तेस्रो गोल हुनुअघि इजिप्टका मोहम्मद सलाहलाई पेनाल्टी एरियामा लडाइएको उनले उचित निर्णय लिन नसकेको पराजित टोलीको आरोप छ ।

खेल सकिएको सिट्टी बज्नासाथ इजिप्टका अफिसियलहरूको आक्रोश मैदानमा नै देखिएको थियो ।

‘इजिप्टलाई अन्याय भयो’

खेलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा इजिप्टका प्रशिक्षक होस्सम हसनले रेफ्री ‘अनफेयर’ भएको बारम्बार जिकिर गरे ।

उनले थप भने, ‘हर्दा दुख मान्ने मेरो स्वभाव होइन । यस्तो पक्षपात कहिल्यै अनुभव भएको थिएन ।’

उनले विद्रोहका रुपमा ‘विश्वकपका बाँकी खेल नहेर्ने’ सुनाए । यसलाई उनले अन्यायको संज्ञा दिएका छन् ।

इजिप्टले खेलपछि रेफ्री अर्जेन्टिानाको पक्षमा देखिएको आरोप लगायो । खेलअघि अर्जेन्टिनाका समर्थकले आफ्नो टोलीलाई हराउन फ्रान्सेली रेफ्री राखेको आरोप लगाएका थिए । विश्वकपमा अर्जेन्टिनाको ठूलो दुस्मन फ्रान्स हो । अघिल्लो विश्वकपमा पनि यी दुईले एक अर्काको सामना गरेका थिए ।

इजिप्टको फुटलब फेडेरेसनले रेफ्रीलाई कारबाहीको माग गरेको छ ।

फडेरेसनले फिफामा निवेदन दर्ता गर्दै उक्त खेलमा सहभागी सबै रेफ्रीलाई विश्वकपबाट हटाउन माग गरेको छ ।

विश्वकप खेलाइसकेका रेफ्री र अन्य नामी विश्लेषकहरूले गोल रद्दको विषयमा प्रश्न उठाएका छन् ।

राष्ट्रपति ट्रम्प झन हाइलाइट

फिफामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक शक्ति प्रयोग गरेको आरोप लाग्दै आएको थियो ।

अघिल्लो खेलमा रातो कार्ड पाएका अमेरिकी खेलाडीलाई लगत्तैको खेल खेल्न दिने फिफाको निर्णयलाई ट्रम्पको चासोसँग जोडेर चर्चा भएको थियो ।

यही निर्णयले फिफामा विवादमा परेको थियो । अर्जेन्टिनासँग खेलको निर्णयबारे प्रशिक्षकहरूले प्रश्न उठाएपछि फिफा थप विवादित बन्यो ।

यसलाई पनि ट्रप्पको चासोसँग जोडेर केहीले उल्था गरेका छन् । जुन तर्कलाई बलियो बनाउन ट्रप्प र अर्जेन्टिनाको ‍राजनीतिक कनेक्सन जोडेर हेरिएको छ ।

अर्को घटना विकास

शुक्रबार बिहान पौने २ बजे क्वाटरफाइनलको पहिलो खेलमा अन्तर्गत फ्रान्स र मोरोक्को भिड्दै छन् । यस खेलको मुख्य रेफ्रीमा अर्जेन्टिनाका फाकुन्दो टेल्लोलाई राखिएको छ ।

फ्रान्सका समर्थकरूले यसमा असन्तुष्टि जनाएका छन् । फ्रान्सलाई हराउन मुख्य प्रतिद्वन्द्वी अर्जेन्टिनाकै रेफ्री राखिएको उनीहरूको बुझाइ छ । सहायक रेफ्री र भीआर टोलीमा पनि अर्जेन्टिनीहरू नै छन् ।

फ्रान्सका मिडियाले ‘फिफालाई लाज छैन’ भन्ने टिप्पणीका साथ लेख प्रकाशन गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ६ : ३० बजे

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर