मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ « Khabarhub

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा आएका बेला सांसद राजु पाण्डेले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ।

शनिबार राति प्रधानमन्त्री वालेन्द्र शाहले आफू सत्तामा एक्लो परेको सङ्केत गर्दै सामाजिक सञ्जालमा “आफू एक्लै रहेको” टिप्पणी गरेपछि रास्वपाभित्रको विवाद छताछुल्ल भएको हो। प्रधानमन्त्री शाहको उक्त टिप्पणीलगत्तै रास्वपा सांसद मनिष झालगायतका नेताहरूले सामाजिक सञ्जालमार्फत नै त्यसको प्रतिवाद गरेका थिए।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच संसद् तथा सामाजिक सञ्जालमा वाकयुद्ध चर्किएकै समयमा सांसद पाण्डेले फेसबुकमा लेखेका छन्, “नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु।”

सत्तापक्षका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाह र पार्टी नेतृत्वबीच उत्पन्न दूरीका बीच आएको पाण्डेको यो भनाइलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ६ : १३ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका