इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति « Khabarhub

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कडा आपत्ति जनाएको छ। फिफा र आफ्ना अध्यक्षलाई “कमजोर पार्न” योजनाबद्ध प्रयास भइरहेको भन्दै संस्थाले त्यसको तीव्र आलोचना गरेको हो।

‘द डेली टेलिग्राफ’ ले प्रकाशित गरेको एक रिपोर्टपछि फिफाको यस्तो प्रतिक्रिया आएको हो। इन्फान्टिनो युइएफएको महासचिव छँदा सम्बन्धमा रहेकी भनिएकी महिलालाई युइएफएले विदा रकम दिएको दाबी सो रिपोर्टमा गरिएको छ। फिफाका प्रवक्ताले उक्त आरोपको पूर्ण खण्डन गर्दै ती दाबीहरू “पूर्णतः असत्य” रहेको बताएका छन्।

फिफाले आधारहीन दाबी र अफवाहहरूलाई तथ्यका रूपमा प्रस्तुत नगर्न चेतावनी दिएको छ।

इन्फान्टिनोले अघि सारेको र पछि रद्द गरिएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ प्रस्तावका कारण युइएफए र युरोपेली फुटबल सङ्घहरू उनीप्रति रुष्ट बनेका छन्। सो प्रस्तावानुसार व्यावसायिक र टिकटिङ अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी खोलेर त्यसको २१ प्रतिशत सेयर निजी लगानीकर्तालाई बेच्ने योजना थियो।

यसै विवादका बीच युइएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताएको छ भने नर्वेजियन फुटबल फेडरेसनकी अध्यक्ष लिसे क्लाभनेसले शुक्रबार उनको राजीनामा माग गरेकी छन्। एफएफई योजना पुनः नब्युँताउने ग्यारेन्टी नपाएसम्म फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी युइएफएले यथावत राखेको छ।

“फिफा अध्यक्ष सदस्य सङ्घहरूबाट लोकतान्त्रिक ढङ्गले निर्वाचित हुनुभएको हो,” फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही समूहबाट फिफा र यसका अध्यक्षलाई कमजोर बनाउन निरन्तर प्रयास भइरहेको स्पष्ट देखिन्छ।”

इन्फान्टिनोको विरोध मुख्य रूपमा युरोपभित्रै सीमित छ। तर, मेक्सिकन फुटबल फेडरेसनले भने उत्तर अमेरिकी महादेशीय संस्थाको धारणाविपरीत इन्फान्टिनोको समर्थन गरेको छ। दक्षिण अमेरिकी संस्था र मेक्सिकोले सबै २११ सदस्य देशको मतदानविना इन्फान्टिनोलाई हटाउने कुनै पनि प्रयास अस्वीकार्य हुने जनाएका छन्। यस्तै अफ्रिकी फुटबल महासङ्घका ५४ वटै सदस्य राष्ट्रहरूले पनि उनलाई सर्वसम्मत समर्थन जनाएका छन्।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ६ : ४५ बजे

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण