तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै « Khabarhub

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठनको तयारी गरिएको हो ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए । उनले भने, ‘केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको तर्क छ । मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएको उनले स्पष्ट पारे ।

नेकपा (एमाले)को समर्थनमा यही साउन १२ गते शाही मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १० : ३६ बजे

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा