विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू) « Khabarhub

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ।

‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आइतबार विश्व आदिवासी दिवस मनाइएको हो । 

संयुक्त राष्ट्रसंघले सन् १९९४ देखि अगस्ट ९ लाई अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसका रूपमा मनाउँदै आएको छ।

दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको र्‍याली निकालिएको छ । 

र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताललगायत क्षेत्र हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको हो।

र्‍यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी तथा प्रस्तुति देखाइएको थियो।

टुँडिखेलमा आयोजित मूल समारोहमा आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, परम्परा र जीवनशैली झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिँदैछ। कार्यक्रममा विभिन्न समुदायका परम्परागत नृत्य, गीत, बाजागाजा तथा सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहेका छन्।

महासंघका अनुसार समारोहमा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहको सहभागिता रहेको छ । 

कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाज, मानवअधिकारकर्मी, शिक्षाविद्, कलाकार तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको छ।

विश्व आदिवासी दिवसले आदिवासी समुदायको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा अधिकारका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उठाउने अवसर प्रदान गर्ने महासंघले जनाएको छ । 

संविधानमा सुनिश्चित गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन, समानुपातिक समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक सम्पदाको संरक्षण अझै महत्त्वपूर्ण विषय रहेको महासंघको भनाइ छ।

दिवसको अवसरमा खुल्लामञ्चमा विभिन्न आदिवासी जनजाति समुदायका रैथाने परिकार, हस्तकला, स्थानीय उत्पादन, मौलिक भेषभूषा तथा सांस्कृतिक सामग्रीको प्रदर्शनी र फुड फेस्टिबलसमेत आयोजना गरिएको छ।

तस्बिरहरु : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १ : ०५ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक