‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता « Khabarhub

‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय अवतारमा देखिएका छन् । उनको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर दर्शकमाझ उत्साह थपिएको छ । 

बेंगलुरुमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा यशलाई यसअघि देखिएको भन्दा निकै फरक र डार्क शैलीमा प्रस्तुत गरिएको छ।

गीतु मोहनदासको निर्देशनमा बनेको ‘टक्सिक’ ग्याङस्टर एक्सन थ्रिलर हो। पुरानो समयको परिवेशमा आधारित फिल्ममा अपराध, सत्ता र त्यसको अँध्यारो संसारमा फसेका पात्रहरूको कथा देखाइनेछ। ट्रेलर हेर्दा फिल्ममा एक्सनसँगै भावनात्मक संघर्ष र रहस्यलाई पनि प्रमुखता दिइएको बुझिन्छ।

फिल्मको सबैभन्दा ठूलो आकर्षण भने यशको दोहोरो भूमिका हो। यशले राया र रुमी नामका दुई फरक पात्रको भूमिका निभाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यी पात्रलाई बाबु र छोराको रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा दुवै पात्रको लुक्स, स्वभाव र प्रस्तुतिलाई निकै फरक देखाइएको छ।

यशको चरित्र केवल शक्तिशाली ग्याङस्टरका रूपमा मात्र देखिँदैन। ट्रेलरमा उनको पीडा, आक्रोश, भावनात्मक संघर्ष र रहस्यमय पक्षलाई पनि बलियो रूपमा प्रस्तुत गरिएको छ। यही कारण ‘टक्सिक’ सामान्य एक्सन फिल्मभन्दा केही फरक हुने संकेत देखिन्छ।

ट्रेलरमा नयनतारा, कियारा आडवाणी, रुक्मिणी वसन्त, हुमा कुरैशी, तारा सुतारिया र अक्षय ओबेरोयलगायत कलाकारको पनि झलक देखाइएको छ। तर उनीहरूका पात्र र कथासँगको सम्बन्धबारे निर्माण पक्षले धेरै कुरा खुलाएको छैन । 

‘टक्सिक’ अगस्ट २६ अर्थात् भदौ १० गतेदेखि सिनेमा हलमा प्रदर्शनमा आउनेछ। फिल्मको कथा गीतु मोहनदास र यशले संयुक्त रूपमा लेखेका हुन् । 

ट्रेलरले फिल्मको मुख्य कथा वा सम्भावित ट्विस्टबारे धेरै संकेत नगरेकाले दर्शकमा यसको रहस्य झनै बढेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  २ : ३६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।