महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज ! « Khabarhub

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका फ्यानका लागि अझ विशेष बनेको छ । जन्मदिनको अवसर पारेर निर्देशक एसएस राजामौलीको बहुप्रतीक्षित फिल्म ‘वाराणसी’बाट महेश बाबुको पहिलो लुक सार्वजनिक गरिएको छ । ‘रुद्र’को रूपमा सार्वजनिक उनको लुकले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

तस्बिरमा महेश बाबु जङ्गलको प्राकृतिक वातावरणमा निकै गम्भीर, शान्त र रहस्यमय देखिएका छन् । उनको लुक हेर्दा फिल्ममा एक्सनसँगै भावनात्मक र साहसिक यात्राको कथा पनि हुने संकेत मिल्छ । राजामौलीले रुद्रको चरित्रमा शक्ति मात्र नभई कमजोरी र भावनात्मक पक्षसमेत रहेको बताएका छन् ।

फिल्मको कथा भने अझै पूर्ण रूपमा गोप्य राखिएको छ । तर सार्वजनिक विवरणअनुसार ‘शाम्भवी’ नामको एस्टेरोइड पृथ्वीतर्फ तीव्र गतिमा अघि बढिरहेको हुन्छ, जसले मानव सभ्यतामाथि ठूलो खतरा निम्त्याउन सक्छ । यही संकट रोक्न पुरातत्त्वविद् रुद्रलाई विशेष मिसनमा पठाइन्छ ।

रुद्रको यो खतरनाक यात्रामा उनलाई अभिनेत्री प्रियंका चोपडाले साथ दिनेछिन् । प्रियंका फिल्ममा इतिहासविद् तथा दक्ष शुटर मन्दाकिनीको भूमिकामा देखिँदैछिन् । रुद्र र मन्दाकिनीको मिसन अफ्रिकादेखि अन्टार्कटिका र युरोपसम्म पुग्ने बताइएको छ ।

अफ्रिकाका आकर्षक स्थानमा समेत छायांकन गरिएको ‘वाराणसी’मा महेश र प्रियंकाको जोडीसँगै राजामौलीको भव्य निर्देशन हेर्न पाइने अपेक्षा गरिएको छ । फिल्म ७ अप्रिल २०२७ मा प्रदर्शनमा आउने तयारीमा छ । तर रिलिजभन्दा धेरै अगाडि नै महेश बाबुको पहिलो लुकले फिल्मप्रतिको उत्सुकता चुल्याएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ४ : २० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।