लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै « Khabarhub

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु सास्तीपूर्ण रूपमा यात्रा गर्न बाध्य छन् । सडकको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो ।

यसले स्थानीयवासी, विद्यार्थी, किसान र यात्रुले दैनिक रूपमा सास्ती खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ । तर, बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीय बताउँछन् ।

पुल निर्माण अधुरै रहेकाले बालुवा र माटोले बनाइएको वैकल्पिक बाटो साँघुरो र जीर्ण बन्दै गएका स्थानीय सुरेश साहले बताए ।

उनका अनुसार सवारीसाधनको अत्यधिक चापका कारण दैनिक रूपमा घण्टौसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन वर्षायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ ।  

कतिपय अवस्थामा यात्रुले लामो दूरी घुमेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ भने एम्बुलेन्स, विद्यालयका सवारीसाधन र अत्यावश्यक सेवासमेत प्रभावित हुने गरेको स्थानीय सञ्जीकुमार मिश्रले बताए ।

स्थानीयले पटकपटक सम्बन्धित निकाय र निर्माण कम्पनीको ध्यानाकर्षण गराएपनि कामले अपेक्षित गति लिन नसकेको उनको गुनासो छ । 

सडक सञ्चालनमा आएपछि पुल पनि छिट्टै तयार हुने अपेक्षा गरिए पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निराशा बढेको छ । उक्त पुल निर्माणका लागि विसं २०७९ फागुनमा रामजानकी निर्माण सेवा जनकपुरधामले २० करोड रुपैयाँ सम्झौता गरेको थियो ।

हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुरधामका अनुसार पछिल्लो पटक २०८३ साउन ११ गतेमा सम्पन्न गर्ने गरी म्याद थप भएपनि हालसम्म करिब ५० प्रतिशत मात्र काम भएको छ । 

बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले बताए । उनका अनुसार निर्माण व्यवसायीले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरेर तीव्रता दिने तयारी भइरहेको छ । 

पुल निर्माण नहुँदा विशेषगरी वर्षायाममा समस्या अझ गम्भीर बन्ने स्थानीय बताउँछन् । खोलामा पानीको बहाव बढेपछि आवतजावत गर्न कठिन हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने स्थानीयको अनुभव छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ५ : २६ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ