बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार « Khabarhub

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज नेप्से सोही आकारमा अझै फर्कन सकेको छैन ।

बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिएपछि नेप्से चैत १५ गते आइतबार खुलेको थियो । सो दिन १४ अर्ब ७८ करोड ५ लाख ६ हजार ३५५ रुपैयाँको कारोबार भएको थियो । तर, सो दिन नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झरेको थियो ।

सो दिनबाट ओरालो लागेको नेप्सेको कारोबार रकम त्यसपछि निरन्तर ओरालो लागिरह्यो र पछिल्ला दिनमा औसत ३ अर्ब वरिपरि घुमिरहेको छ ।

पछिल्लो शुक्रबार नेप्सेमा कारोबार भएको दिन नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ६५ करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

शुक्रबारसम्मको नेप्सेको अवस्था हेर्दा बालेनले सरकारको नेतृत्व गरेपछि पहिलो दिन भएको कारोबार रकम भन्दा पछिल्लो दिनसम्म नेप्सेको कारोबार आकार ११ अर्ब भन्दा कम छ भने नेप्से पनि २२९.०२ बिन्दुले तल छ ।

प्रधानमन्त्रीको पहलले गरेन काम

देशको अर्थतन्त्र चलायमान नभएको र पुँजी बजार पनि निरन्तर ओरालो लागेपछि प्रधानमन्त्री बालेनले असारको तेस्रो साताबाट निजी क्षेत्रसँगको भेटघाटलाई तीव्रता दिएका थिए । साथै, नेप्सेको सुधारका निम्ति पनि उनले नेपाल धितोपत्र बोर्ड, नेप्से र पुँजीबजारका प्रतिनिधिसँग छलफल गरेका थिए ।

साथै, यो बीचमा बोर्डले नीतिगत सुधारका पक्षमा केही प्रयास स्वरूप ‘नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८२’ र ‘नेपालको धितोपत्र बजारमा मार्जिन ल्यान्डिङ, सेक्युरिटिज ल्यान्डिङ एन्ड बरोइङ र सर्ट सेलिङको लागि गर्नुपर्ने नीतिगत, कानुनी संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणापत्र, २०८३’ पनि जारी गर्‍यो ।

साथै, बोर्डले नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा, २०८३ र नेपालको प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३ पनि जारी गरेको छ ।

तर, प्रधानमन्त्रीको आश्वासन र नियामकको नीतिगत सुधारका कदमका बाबजुद पनि नेप्सेमा कारोबार आकार र उत्साह दुवैले गति लिन सकेको भने देखिँदैन ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ६ : १९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु