बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार « Khabarhub

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज नेप्से सोही आकारमा अझै फर्कन सकेको छैन ।

बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिएपछि नेप्से चैत १५ गते आइतबार खुलेको थियो । सो दिन १४ अर्ब ७८ करोड ५ लाख ६ हजार ३५५ रुपैयाँको कारोबार भएको थियो । तर, सो दिन नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झरेको थियो ।

सो दिनबाट ओरालो लागेको नेप्सेको कारोबार रकम त्यसपछि निरन्तर ओरालो लागिरह्यो र पछिल्ला दिनमा औसत ३ अर्ब वरिपरि घुमिरहेको छ ।

पछिल्लो शुक्रबार नेप्सेमा कारोबार भएको दिन नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ६५ करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

शुक्रबारसम्मको नेप्सेको अवस्था हेर्दा बालेनले सरकारको नेतृत्व गरेपछि पहिलो दिन भएको कारोबार रकम भन्दा पछिल्लो दिनसम्म नेप्सेको कारोबार आकार ११ अर्ब भन्दा कम छ भने नेप्से पनि २२९.०२ बिन्दुले तल छ ।

प्रधानमन्त्रीको पहलले गरेन काम

देशको अर्थतन्त्र चलायमान नभएको र पुँजी बजार पनि निरन्तर ओरालो लागेपछि प्रधानमन्त्री बालेनले असारको तेस्रो साताबाट निजी क्षेत्रसँगको भेटघाटलाई तीव्रता दिएका थिए । साथै, नेप्सेको सुधारका निम्ति पनि उनले नेपाल धितोपत्र बोर्ड, नेप्से र पुँजीबजारका प्रतिनिधिसँग छलफल गरेका थिए ।

साथै, यो बीचमा बोर्डले नीतिगत सुधारका पक्षमा केही प्रयास स्वरूप ‘नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८२’ र ‘नेपालको धितोपत्र बजारमा मार्जिन ल्यान्डिङ, सेक्युरिटिज ल्यान्डिङ एन्ड बरोइङ र सर्ट सेलिङको लागि गर्नुपर्ने नीतिगत, कानुनी संरचनागत तथा प्राविधिक व्यवस्था सम्बन्धी अवधारणापत्र, २०८३’ पनि जारी गर्‍यो ।

साथै, बोर्डले नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा, २०८३ र नेपालको प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३ पनि जारी गरेको छ ।

तर, प्रधानमन्त्रीको आश्वासन र नियामकको नीतिगत सुधारका कदमका बाबजुद पनि नेप्सेमा कारोबार आकार र उत्साह दुवैले गति लिन सकेको भने देखिँदैन ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ६ : १९ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ