कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको तयारीदेखि सरकारका १०० दिनको समीक्षा गर्नेसम्मका विषयलाई छलफलको एजेन्डा बनाएको छ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार बसेको बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आगामी रणनीतिबारे छलफल भएको हो।

बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकको प्रमुख एजेन्डामा कांग्रेसको १५औँ महाधिवेशनको तयारी रहेको छ।

महाधिवेशनका लागि आवश्यक नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति गठन र विधान मस्यौदा समिति गठनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

त्यस्तै, महाधिवेशनका लागि प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन गर्ने विषय पनि बैठकको एजेन्डामा राखिएको छ। केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषयमा समेत छलफल हुनेछ।

बैठकमा पछिल्लो समय तराई-धेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयलाई समेत प्राथमिकताका साथ छलफलका लागि प्रस्तुत गरिएको मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन्।

प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले संसद् र संसद् बाहिर निर्वाह गर्ने भूमिकाबारे पनि बैठकमा छलफल हुने भएको छ।

सरकार गठन भएको १०० दिन पूरा भएको सन्दर्भमा सरकारका गतिविधिको समीक्षा गर्ने तथा त्यसपछिका राजनीतिक गतिविधिबारे पार्टीको धारणा तय गर्ने विषयसमेत एजेन्डामा छ।

यसैगरी प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिका साथै सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन गर्ने विषय पनि बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ।

नेपाली जनसम्पर्क समिति, भ्रातृ संस्थाहरूको विधान र समसामयिक राजनीतिक विषय पनि बैठकका एजेन्डामा छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पुनः बस्ने भएको छ। पार्टीका अनुसार बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमै बस्नेछ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ६ : ५४ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको