धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन « Khabarhub

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने अनियमितता रोक्नका लागि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुन्चे बजारमा बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिद्वारा शनिबार साँझ आकस्मिक रूपमा बजारको विशेष अनुगमन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका जिल्ला बजार अनुगमन समितिका संयोजक द्रुवप्रसाद अधिकारीका अनुसार धुन्चे बजारमा ग्यासको अभाव देखाएर लुकाइछिपाइ राखेका छन् भन्ने स्थानीयको गुनासोका आधारमा गोसाइँकुण्ड–६ धुन्चे बजारमा समितिको नेतृत्वमा नेपाल प्रहरी तथा स्थानीय प्रशासनको सक्रिय सहभागितामा अनुगमन गरिएको हो ।

बजारमा खाना पकाउने एलपी ग्यासको उपलब्धता असहज बनाई अभाव देखाएर बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई रोकेर उपभोक्तालाई ठगीबाट जोगाउन र व्यापारीलाई व्यावसायिक आचारसंहिता पालना गर्न सचेत गराइएको समितिका संयोजक अधिकारीले जानकारी दिए । शनिबारको बिदाका दिन उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमन टोलीले बजारका विभिन्न ग्यास डिपो तथा किराना पसलको निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा ग्यास सिलिन्डरको मौज्दात, मूल्य र बिक्री वितरणको अवस्थाबारे जानकारी लिइएको थियो । यस किसिमको अनुगमनले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने र बजार अनुशासन कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ८ : ३७ बजे

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा