हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक « Khabarhub

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले पाँचवटा इरानी तेल ट्यांकर नष्ट गरेको घटनापछि इरानले हर्मुज जलघाँटीमा अमेरिकी जहाजसहित तेल ट्यांकरलाई लक्षित गरेको जनाएको छ। 

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले हर्मुज जलघाँटी पार गर्न खोजिरहेका दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरसहित १० वटा जहाजमाथि कारबाही गरेको दाबी गरेको छ। साथै, कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्यांकरलाई समेत चेतावनी दिइएको छ। 

इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जोर्डनले भने इरानबाट प्रहार गरिएका २० मध्ये १८ क्षेप्यास्त्र आफ्नो वायु प्रतिरक्षा प्रणालीले खसालेको र कुनै अमेरिकी सैनिक हताहत नभएको जनाएको छ। 

यसअघि अमेरिकी सेन्ट्रल कमान्डले इरानी तेल ट्यांकरबाट अमेरिकी युद्धपोततर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जवाफी कारबाहीस्वरूप पाँच इरानी तेल ट्यांकर नष्ट गरिएको जनाएको थियो। 

बढ्दो तनावको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल बजारमा परेको छ। बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरनजिक पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य ९४ डलरभन्दा माथि पुगेको छ। हर्मुज जलघाँटीमा जहाज आवागमनसमेत सामान्य अवस्थाभन्दा निकै घटेको तथ्यांक सार्वजनिक भएको छ। 

हर्मुज जलघाँटी विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग भएकाले त्यहाँ लामो समयसम्म अवरोध भए विश्वव्यापी तेल आपूर्ति र मूल्यमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ। 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १२ : २४ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको