रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन « Khabarhub

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषय अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिका सदस्यमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक रहेका छन्।

अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभावको अध्ययन तथा विश्लेषण गर्नेछ। साथै, बाढी र जलवायु परिवर्तनसँग सम्बन्धित विषय तथा जलवायु वित्तको अवस्थाबारे समेत अध्ययन गरिनेछ।

उपसमितिलाई असोज २ गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको सभापति बुढाथोकीले जानकारी दिए।

बाढीबाट प्रभावित क्षेत्रको आर्थिक तथा भौतिक क्षति, पुनर्निर्माणको आवश्यकता र जलवायुजन्य विपद् व्यवस्थापनका लागि आवश्यक वित्तीय स्रोतबारे अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिन उपसमितिले काम गर्नेछ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १ : ०० बजे

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान