स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी « Khabarhub

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ । 

आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्लामा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको हो । 

नेपाल सरकारले निर्धारण गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रम लागू गरिएकै दिन मङ्गलबार जिल्लाका २०७ जना बालबालिकाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।
 
 प्रशोधित स्वर्ण भस्म, गाईको घिउ-ब्राह्मी घृत र महलगायतका सामग्रीबाट तयार गरिएको औषधीय मिश्रण थोपालाई स्वर्णबिन्दु भन्ने गरिएको छ । निर्धारित कार्यक्रमअनुसार जन्मिएर एक वर्ष पूरा भएका र पाँच वर्ष ननाघेका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउने गरिएको छ । 

त्यस कार्यक्रमलाई सरकारले राष्ट्रिय कार्यक्रमका रूपमा सञ्चालन गर्न ‘बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका–२०८२’ जारी गरेको छ । कार्यक्रम बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु रहेको निर्देशिकामा उल्लेख छ । 

आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमतासँग जोडेर उक्त प्राशन गराउने गरिएको छ । 

सरकारले निर्धारण गरेको कार्यक्रमअन्तरगत निश्चित उमेर समूहका बालबालिकालाई आयुर्वेद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा स्वर्णबिन्दु प्राशन गराउने गरिएको छ । 

जन्मिएको छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउने व्यवस्था भए पनि जिल्लामा एक वर्ष पूरा भई पाँच वर्ष ननाघेका बालबालिकालाई मासिक रूपमा व्यवस्था मिलाइएको जिल्ला आयुर्वेद अस्पताल खोटाङका प्रमुख डा सर्वेन्द्र यादवले जानकारी दिए । 

उक्त कार्यक्रममा सहभागी तथा छुटेका बालबालिकालाई आगामी असोज १९, कातिक १६, मङ्सिर १३, पुस ११, माघ ९, फागुन ८ र चैत ४ गते पुनः कार्यक्रम राखिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बालबालिकाको स्वास्थ्यप्रति अभिभावकमा सचेतना बढाउने तथा जिल्लामा आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।  

उक्त कार्यक्रमको प्रभावकारिता, प्रयोग हुने औषधिको संरचना, मात्रा र सेवनको अवधिका विषयमा भने आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाहअनुसारमात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीले बताए।

ज्वरो, झाडापखाला, अजीर्ण, रुघाखोकीलगायतका स्वास्थ्य समस्या भएका बालबालिकालाई भने स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी गराउन नहुने जनाइएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा पहिलोपटक सञ्चालन गरिएको उक्त कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईसहितका वक्ताहरूको सुझाव छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १ : ३० बजे

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट

आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै

लमजुङ– केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा भयो

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको