उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ « Khabarhub

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले निरीहता प्रकट गरेकी छन्।

बुधबार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकलाई सम्बोधनका क्रममा उनले आफू निरीह भएर बस्नु परेको दुखेसो पोखिन् ।

‘उद्योगीहरूले गर्दा आज म निरीह भएर बसेको छु। निरीह र लाचार हुनुपरेको छ, ग्यास वितरणमा उद्योगीहरूले धोका दिए’, उनले भनिन्, ‘उद्योगीहरूले गर्दा सरकारलाई समस्या भयो । पैसा तिरेर पनि ग्याससहितका उपभोग्य सामान पाइँदैन भनेको सुन्दा हामीलाई लाज लागेको छ। ५८ वटा बिक्रेताले ग्यास बेचिरहँदा पनि उपभोक्ताकहाँ पुर्‍याइरहेको छैन । हामी निरीह भएका छौँ।’

उनले उद्योगीहरूले तीन-तीन हजार सिलिन्डर ग्यास नियमित रुपमा काठमाडौंमा ल्याइदिएको भए यो समस्या नहुने तर्क गरिन् । ‘अब हामी एउटा ग्यास उद्योग खोल्छौँ । आयल निगमले ग्यास उद्योग खोल्नै पर्छ। हामीसँग ग्यास उद्योग भएको भए घर घरमा पुर्‍याउन सक्थ्यौँ। यस्तो भन्ने मौका हुँदैनथ्यो । आयल निगमलाई ग्यास उद्योग खोल्नेतिर अब अघि बढाउँछौँ।’

उनले अहिलेको समस्याप्रति निरीहता प्रकट गर्दै अगाडि जे निर्देशन हुन्छ, त्यहीअनुसार अगाडि जाने बताइन् । तर निर्देशन कसले गर्ने भन्ने उनले खुलाइनन्।

मन्त्री गौरी कुमारीले नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरी आपूर्ति व्यवस्थाःलाई प्रभावकारी बनाउने बताइन् । ‘कालोबजारी रोक्न बजार अनुगमन तीव्र बनाएका छौँ । म अगाडि पनि प्रभावकारी रुपमा जान्छु’, उनले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका १४४ जिल्लाका १९३ स्थानबाट सहुलियतमा सामान बेच्छौँ। नेपाल फुड्स ब्रान्डका खाद्यान्नको विक्रीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएका छौँ।’

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १ : ३४ बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय