उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ « Khabarhub

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले निरीहता प्रकट गरेकी छन्।

बुधबार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकलाई सम्बोधनका क्रममा उनले आफू निरीह भएर बस्नु परेको दुखेसो पोखिन् ।

‘उद्योगीहरूले गर्दा आज म निरीह भएर बसेको छु। निरीह र लाचार हुनुपरेको छ, ग्यास वितरणमा उद्योगीहरूले धोका दिए’, उनले भनिन्, ‘उद्योगीहरूले गर्दा सरकारलाई समस्या भयो । पैसा तिरेर पनि ग्याससहितका उपभोग्य सामान पाइँदैन भनेको सुन्दा हामीलाई लाज लागेको छ। ५८ वटा बिक्रेताले ग्यास बेचिरहँदा पनि उपभोक्ताकहाँ पुर्‍याइरहेको छैन । हामी निरीह भएका छौँ।’

उनले उद्योगीहरूले तीन-तीन हजार सिलिन्डर ग्यास नियमित रुपमा काठमाडौंमा ल्याइदिएको भए यो समस्या नहुने तर्क गरिन् । ‘अब हामी एउटा ग्यास उद्योग खोल्छौँ । आयल निगमले ग्यास उद्योग खोल्नै पर्छ। हामीसँग ग्यास उद्योग भएको भए घर घरमा पुर्‍याउन सक्थ्यौँ। यस्तो भन्ने मौका हुँदैनथ्यो । आयल निगमलाई ग्यास उद्योग खोल्नेतिर अब अघि बढाउँछौँ।’

उनले अहिलेको समस्याप्रति निरीहता प्रकट गर्दै अगाडि जे निर्देशन हुन्छ, त्यहीअनुसार अगाडि जाने बताइन् । तर निर्देशन कसले गर्ने भन्ने उनले खुलाइनन्।

मन्त्री गौरी कुमारीले नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरी आपूर्ति व्यवस्थाःलाई प्रभावकारी बनाउने बताइन् । ‘कालोबजारी रोक्न बजार अनुगमन तीव्र बनाएका छौँ । म अगाडि पनि प्रभावकारी रुपमा जान्छु’, उनले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका १४४ जिल्लाका १९३ स्थानबाट सहुलियतमा सामान बेच्छौँ। नेपाल फुड्स ब्रान्डका खाद्यान्नको विक्रीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएका छौँ।’

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १ : ३४ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।