रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ « Khabarhub

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद धितालले बाढीपछि होल्डिङ सेन्टरमा बस्नुपर्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा, र गोपनीयता गम्भीर जोखिममा परेको भन्दै स्रोत तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी हुन् । 

उनले उद्धार र राहतसँगै उनीहरूलाई सम्मानपूर्वक पुनः आफ्नै खुट्टामा उभिन सक्ने बनाउन दीर्घकालीन सामाजिक पुनर्स्थापनालाई तीव्रता दिन सरकारसँग माग गरिन् । 

विपद्का बेला महिलाहरूमाथि हिंसा, यौन शोषण, पानी र हेरचाहको अतिरिक्त बोझ थपिने भएकाले राहत व्यवस्थापनमा महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।  

उनले बाढीका कारण दैनिक सेवन गर्नुपर्ने औषधि बगाएको, मृत चौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको तथा सञ्चार र विद्युत् अवरुद्ध हुँदा नागरिकहरू बाहिरी संसारबाट सम्पर्कविहीन रहेको अवस्था रहेको धारणा राखिन् । 

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १ : ५७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म