बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस् « Khabarhub

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ  ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु रहेको स्मरण गराउँदै संकटको घडीमा राज्यको बलियो उपस्थिति देखाउन आग्रह गरिन् ।

उनले रसुवामा विनाशकारी बाढी आएको दुई हप्ताभन्दा बढी बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको आरोप लगाइन् । यो केवल प्राकृतिक विपत्ति नभई सयौँ परिवारको जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय सङ्कट भएको उनले बताइन् । 

उनले रसुवा घटनापछि दैलेख तथा कर्णाली क्षेत्रका थुप्रै नागरिकहरू अझै सम्पर्कविहीन रहेकाले सम्पर्कविहीनहरूको यथार्थ विवरण तत्काल अद्यावधिक गरी परिवारजनलाई सही सूचना दिन सरकारसँग माग गरिन् । 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १ : ५२ बजे

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट