ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’ « Khabarhub

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट प्राप्त नयाँ जनमतको मानमर्दन नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै यादवले जेन-जी आन्दोलनको माग र मर्मलाई निर्वाचनबाट जनताले अनुमोदन गरिसकेको बताए।

‘हाम्रो माग सत्ता थिएन, कुर्सी थिएन, न त हामी कसैको भाग खोस्न गएका थियौँ। आज मसँग बोल्ने शब्द र वाक्यहरू थोरै छन्, तर पीडा र वेदना धेरै छन्’, उनले भने, ‘त्यो पीडायुक्त घटना र दिन सम्झँदा मन भारी भएको छ। जेनजी आन्दोलनको माग र मर्म अनि भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताले अनुमोदन गरिसकेको छ।’

यादवले बालुवाटारबाट भागेर बार्दली पुगेकाहरू भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रहार गरे । ‘बालुवाटारबाट भागेर बार्दली पुगेकालाई चेतावनी दिन चाहन्छु, हाम्रो साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहंकारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्’, उनले भने।

यादवले अन्तरिम सरकारले जेन-जी पुस्तासँग गरेको सहमति अझै कार्यान्वयन नभएको भन्दै सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस् भनेर कामना गरे।

‘आज पनि अन्तरिम सरकारले जेन-जी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन। सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस्। भदौ २३ ले हामीलाई एउटा कुरा सिकाएको छ, सत्ता स्थायी हुँदैन, तर जनताको आवाज, इतिहास सधैँ जीवित रहन्छ,’ उनले अगाडि भने।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  २ : २० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु