रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन « Khabarhub

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढी पीडितहरूको पक्षमा आफूलाई उभ्याएका छन्।

रविले गत भदौ १० गते बुधबार भोटेकोशीमा आएको बाढीबारेमा सम्बोधनका क्रममा पीडितहरूको पीडामा नुनचुक छर्किनहरूप्रति खबरदारी गरे।

रविले सम्बोधनका क्रममा भोटेकोशीमा बाढी नभई जलवायु परिवर्तनबाट उत्पन्न ठूलो अन्याय भएको बताए। उनले भोटेकोशीमा मारिएकाहरूले जलवायु परिवर्तनको अन्यायपूर्ण बलिदानी गर्न बाध्य भएको पनि बताए।

उनले यति ठूलो संकट र क्षति व्यहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकले एकअर्कालाई समातेर उठ्न खोजिरहेको पनि बताएका छन्।

उनले विपद्मा परेर शोकमा डुबेकाहरूमाथि सामाजिक सञ्जालबाट खनिने अन्धसमर्थकहरू आफूलाई नचाहिने पनि बताएका छन् ।

‘भोटेकोशी बाढीको विपद्मा शोकमा परेकाहरूमाथि साइबर बुलिङ गर्ने, शोकमा परेकाहरूमाथि प्रहार गर्ने अन्धसमर्थक हामीलाई चाहिँदैन । हामीलाई त उनीहरूको आँसु पुछ्ने मान्छे चाहिएको छ’, उनले भने, ‘पीडामा परेका नागरिकको चीत्कारमा आँसुको व्यापार गर्ने मानिस रास्वपालाई चाहिएको छैन । रास्वपाका नेता-कार्यकर्ताहरूले पीडितहरूबारे तुच्छ टिप्पणी र साइबर बुलिङ गरेको पाइएमा कारबाही हुन्छ। यसरी टिप्पणी गर्ने जोकोहीलाई हामी पार्टीको साधारण सदस्यबाट पनि निकाल्छौँ।’

उनले विपद्मा परेका नागरिकहरूको बेइज्जत गर्ने र पीडामा नुनचुक छर्किनेहरू रास्वपालाई नचाहिने पनि बताए ।

‘त्यस्ता पीडकहरू हामीलाई चाहिँदैन । पीडितहरू सरकारसँगै हो आश गरेर गुनासो गर्ने। उनीहरूको गुनासोलाई लिएर साइबर बुलिङ गर्नेहरू हाम्रा कार्यकर्ता हुन सक्दैनन्’, उनले भने, ‘विपद्ले कुनै दलको नेता-कार्यकर्ता भनेर हान्दैन, यो वा त्यो भन्दैन। त्यसैले बाढी पीडितलाई अपमान गर्ने जोकोही हामीलाई चाहिँदैनन्।’

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  २ : ५१ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक