‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’ « Khabarhub

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको मञ्चमा दुई विवादित धर्मगुरुलाई अतिथिका रूपमा सहभागी गराइएको विषयमा आपत्ति जनाएका छन्।

उनले आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नभएका र विगतमा विभिन्न आपराधिक तथा विवादास्पद घटनासँग जोडिएका विजय भण्डारी र श्रीनिवास आचार्यलाई सरकारी कार्यक्रममा सहभागी गराइएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन्।

ढुङ्गानाले आन्दोलनसँग प्रत्यक्ष सरोकार र सम्बन्ध नभएका दुई विवादित पात्रलाई मञ्चमा उभ्याइएको विषयमा आफूहरूले खोजी गरिरहेको बताए।

‘आन्दोलनसँग प्रत्यक्ष सरोकार नजोडिएका र सम्बन्ध नभएका दुई विवादित पात्रलाई मञ्चमा उभ्याइएको विषयमा पक्कै पनि हामी खोजी गरिरहेका छौँ। यसको जवाफ सरकारले दिनुपर्छ। उहाँहरू के सम्बन्ध थियो र किन ल्याइयो भन्ने कुरा हामी आफैँलाई थाहा छैन। यो विषय सरकारले दिनुपर्छ,’ ढुङ्गानाले भने।

उनले सहिद परिवारको कार्यक्रम भनिए पनि आन्दोलनसँग असम्बन्धित व्यक्तिहरूलाई मञ्चमा राखिएको भन्दै अन्य सरोकारवाला निकायले समेत प्रश्न उठाइरहेको बताए।

‘सहिद परिवारको कार्यक्रम भनेर गरिएकोमा दुई विवादास्पद र अति नै धेरै सम्बन्ध नभएका व्यक्तिहरूलाई मञ्चमा उभ्याइएको विषयमा अरू सरोकार निकायले पनि प्रश्न उठाइरहनुभएको छ। हामी सरकारको आधिकारिक जवाफको प्रतीक्षामा छौँ। यो सामान्य विषय पक्कै होइन,’ उनले भने।

ढुङ्गानाले आन्दोलनको मर्म र भावनाविपरीत सरकारले विभिन्न गतिविधि गरिरहेको भन्दै त्यसप्रति समेत आपत्ति जनाए। उनले आन्दोलनमा घाइते भएका तथा सहिद परिवारले न्याय पाउनुपर्नेमा जोड दिँदै सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न उठाए।

गृहमन्त्री सुदन गुरुङले सरकारको तर्फबाट गरेको सम्बोधनप्रति समेत आपत्ति जनाउँदै उनले भने, ‘गृहमन्त्रीज्यूले पनि सम्बोधनमा अलि अस्पष्ट र आन्दोलनप्रति पूर्ण वफादार नभएको जस्तो टिप्पणी गर्नुभएको छ। हामी चाहन्छौँ हाम्रा साथीहरूले न्याय पाउन, सहिदको सम्मान होस् र आन्दोलनले संस्थागत सार्थकता पाओस् तथा एजेन्डाहरू कार्यान्वयनमा आऊन्।’

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा आयोजित स्मृति सभा विवादमा परेको हो।

जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा आयोजित ‘जेन-जी आन्दोलन २०८२’ को स्मृति दिवस कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले पुराना राजनीतिक दल र सञ्चारकर्मीलाई ‘सुध्रिन’ चेतावनी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद चर्किएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  २ : ५४ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री