राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस « Khabarhub

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि विधायन व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदन पेस भएको छ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि समितिमा भएको दफावार छलफलका आधारमा तयार पारिएको प्रतिवेदन बैठकमा पेस गरेका हुन् ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ३ : ५७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म