‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’ « Khabarhub

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थीत आफ्नो घरको अवलोकन गरेका छन् ।  

बुधबार आफ्नो घर जलेको एक बर्ष पुरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यका साथ जेन-जी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गरेका हुन् । 

सो क्रममा राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर–सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीकी पत्नी राधिका शाक्यले गत बर्ष भदौ २४ मा घर–सम्पत्ति जलाउनु मात्र नभई केपी ओलीलाई मार्ने आपराधिक योजना रहेको बताए । 

लाखौँ देशभक्त नेपालीहरूको माया र भरोसाका कारण आफूहरू बाँच्न सफल भएको उनले बताए । 

उनले बिना अपराध र बिना कसुर अपराधी करार गरेर भदौ २४ देखि आजसम्म लगातार भ्रम छर्ने र मानसिक तनाव दिने काम भइरहेको उल्लेख गरे ।

उनले हालैको ठूलो प्राकृतिक विपद्को घडीमा सबै मर्माहत भइरहेका बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिएको भन्दै आपत्ति जनाए । 

केपी ओलीको विरोध वर्षौँदेखि हुँदै आएको र यसले व्यक्तिगत रूपमा आफूहरूलाई कुनै फरक नपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ५ : २२ बजे

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका