‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’ « Khabarhub

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थीत आफ्नो घरको अवलोकन गरेका छन् ।  

बुधबार आफ्नो घर जलेको एक बर्ष पुरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यका साथ जेन-जी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गरेका हुन् । 

सो क्रममा राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर–सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीकी पत्नी राधिका शाक्यले गत बर्ष भदौ २४ मा घर–सम्पत्ति जलाउनु मात्र नभई केपी ओलीलाई मार्ने आपराधिक योजना रहेको बताए । 

लाखौँ देशभक्त नेपालीहरूको माया र भरोसाका कारण आफूहरू बाँच्न सफल भएको उनले बताए । 

उनले बिना अपराध र बिना कसुर अपराधी करार गरेर भदौ २४ देखि आजसम्म लगातार भ्रम छर्ने र मानसिक तनाव दिने काम भइरहेको उल्लेख गरे ।

उनले हालैको ठूलो प्राकृतिक विपद्को घडीमा सबै मर्माहत भइरहेका बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिएको भन्दै आपत्ति जनाए । 

केपी ओलीको विरोध वर्षौँदेखि हुँदै आएको र यसले व्यक्तिगत रूपमा आफूहरूलाई कुनै फरक नपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ५ : २२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म