ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू) « Khabarhub

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ।

सरकारले ग्यासको सहज आपूर्ति गर्न नसकेपछि काठमाडौंका होटल बन्द हुन थालेका छन्। यस्तोमा ग्यास अभाव अन्त्यको माग गर्दै नेकपानिकट अखिल क्रान्तिकारीले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ।

विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको पीडा पोखेका हुन् ।

उनीहरूले खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ४ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु