यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी « Khabarhub

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ। हुथी विद्रोहीले बुधबार साउदी सेनाले यमनका विभिन्न क्षेत्रमा ३२ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्।

हुथीको अलमसिराह टेलिभिजनका अनुसार साउदी विमानले मारिब, अल–जौफ, ताइज र होदेइडाका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन्। एक दिनअघि हुथीहरूले साउदी अरबमा ठूलो आक्रमण गरेपछि साउदी पक्षले जवाफी कारबाही गरेको हुथीहरूको दाबी छ। उक्त दाबीबारे साउदी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन।

साउदी अधिकारीहरूले भने हुथी आक्रमणका कारण मंगलबार केही तेल प्रतिष्ठानको काम अस्थायी रूपमा बन्द भएको र ७३ जना घाइते भएको बताएका छन्।

गत सातादेखि यमनमा पुनः भीषण लडाइँ भइरहेको छ। हुथीहरूले बाब अल–मन्दब जलघाँटी आसपासका क्षेत्रमा ठूलो सैन्य अभियान थालेपछि द्वन्द्व चर्किएको बताइएको छ। पछिल्लो लडाइँमा पाँच सयभन्दा बढी मानिसको मृत्यु भएको एएफपीले दुवै पक्षका स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

बाब अल–मन्दब जलघाँटी साउदी तेल निर्यात तथा अन्तर्राष्ट्रिय समुद्री व्यापारका लागि महत्वपूर्ण मार्ग हो। हर्मुज जलघाँटीमा उत्पन्न अवरोधपछि यसको रणनीतिक महत्व थप बढेको छ।

हुथीहरूले जुलाईदेखि साउदी तेल पूर्वाधार र तेल ट्याङ्करमाथि पटकपटक आक्रमण गर्दै आएका छन्। उनीहरूले साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै जहाजमाथि समेत आक्रमण थालेका छन्।

पछिल्लो घटनाक्रमले यमनको द्वन्द्वलाई थप तीव्र बनाउनुका साथै लाल सागर र बाब अल–मन्दब हुँदै हुने तेल तथा समुद्री व्यापारमा सुरक्षा जोखिम बढाएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ५ : ३२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु