शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ « Khabarhub

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना रहेको तर आफूहरूले मिलाइरहेको जानकारी दिएका छन् । 

कोइरालाले गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन नगर्ने स्पष्ट सङ्केत गर्दै भक्तपुरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । 

‘पार्टी टुक्रिने हो कि भन्ने सम्भावना देखिरहेको छु, तर हाम्रो प्रयास उनीहरूलाई पनि एकजुट बनाएर जाऔँ भन्नेमा छ। प्रयासहरू प्रशस्त भइरहेका छन् ।’ उनले अगाडि भने, ‘आउँदो १५ औँ महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ, सबैलाई एकजुट पारौँ, महाधिवेशनलाई सफल गरौँ ।’

शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशनमा जाने विषयमा शशांकले स्पष्ट कुरा राख्दा देउवाले समेत गगनको नेतृत्व स्वीकारेका थिएनन् । देउवाले सर्वोच्चबाट आधिकारिक रूपमा चारतारे झण्डा र रुख चुनाव चिन्न आफूलाई आउने जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ५ : ४१ बजे

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका