मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण « Khabarhub

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ ।  

जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेको हो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरका अध्यक्ष वसन्त अधिकारीले भूमिसम्बन्धी समस्या समाधानका लागि केन्द्रमा समिति गठन भएलगत्तै जिल्लामा पनि समिति गठन गरी काम अघि बढाइएको बताए ।

मकवानपुरलाई लालपुर्जा वितरणमा देशकै अग्रणी जिल्ला बनाउने उद्देश्यसहित काम सुरु गरिएको उनको भनाइ छ । अधिकारीका अनुसार हाल मकवानपुरगढीका ५७, बागमती गाउँपालिकाका ८८ र बकैया गाउँपालिकाका ५१ गरी २०२ वटा लालपुर्जा वितरणको प्रक्रियामा छन् । 

उनले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि ती लालपुर्जा वितरणको काम अघि बढाइने बताए । जिल्लामा स्थानीय तहबाट संकलन गरिएको तथ्यांकअनुसार २५ हजार ५८० अव्यवस्थित बसोबासी, ४ हजार ९०१ भूमिहीन सुकुम्वासी र ५२३ भूमिहीन दलित रहेको तथ्यांक समितिसमक्ष आएको अधिकारीले जानकारी दिए । 

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमार पाख्रिनले लालपुर्जा प्राप्त गर्ने ६ जनालाई बधाई दिँदै भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व दिलाउने विषय जनप्रतिनिधिका लागि पनि गौरवको विषय भएको बताए ।

पटक–पटक सरकार र भूमि आयोग परिवर्तन हुँदा प्रक्रिया जटिल बने पनि गाउँपालिकाले भूमिहीनको विवरण संकलन तथा दर्ताको काम अघि बढाउँदै आएको उनले बताए । 

मकवानपुरगढी गाउँपालिका–३ का रुद्रप्रसाद तिम्सिना, पदमबहादुर वाइबा, तीर्थप्रसाद अधिकारी, जयराम पुरासाहिनी, उदव लम्साल र रामबहादुर बम्जनले लालपुर्जा प्राप्त गरेका हुन् । 

गाउँपालिकाका अनुसार मकवानपुरगढीमा भूमिहीन सुकुम्वासीका रूपमा १५५ जनाले जग्गा प्राप्तिका लागि फाराम भरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ६ : ३७ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम