नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार « Khabarhub

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभिएल) मा काठमाडाैं रेड्सले तेस्रो जित दर्ता गरेको छ । तेस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले बुधबार बेलुका सम्पन्न खेलमा कर्णाली शिवराजलाई ३–१ सेटले स्तब्ध पार्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उक्त खेलमा काठमाडौँ रेड्सले कर्णाली शिवराजलाई खुलेर खेल्न दिएन । लगातार दबाबमा राखेको काठमाडौँ रेड्सले पहिलो र दोस्रो सेट क्रमशः २८–२६ अङ्क तथा २५–१८ अङ्कले जित्यो । तेस्रो सेटमा भने कर्णाली शिवराज २५–२३ अङ्कले विजयी भयो ।

यद्यपि चौथो सेटमा काठमाडौँ रेड्सले सानदार पुनरागन गर्दै २५–२१ अङ्कको जित निकाल्यो । यो जितपछि काठमाडौँ रेड्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ ।

तेस्रो स्थानमा रहेको कर्णाली शिवराजसँग पनि चार खेलबाट आठ अङ्क नै छ । पहिलो सेटदेखि नै सगरमाथामाथि दबाब राखेको थियो । उसले पहिलो सेट २५–१२ ले हाफ्नो पक्षमा पार्यो ।

आज नै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्सले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हराएको थियो । यो जितपछि अन्नपूर्ण अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

एनभिएलको जारी प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्स, काठमाडौँ रेड्स, कर्णाली शिवराज, सगरमाथा स्म्यासर्स, मधेस वारियर्स र खप्तड फाल्कन्स गरी छ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यही भदौ २७ गतेसम्म सञ्चालन हुने उक्त लिगको विजेता टोलीलाई रु २० लाख पुरस्कार रकम प्रदान गरिने आयोजक केडिया ग्रुपले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १० : ०४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको