नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार « Khabarhub

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभिएल) मा काठमाडाैं रेड्सले तेस्रो जित दर्ता गरेको छ । तेस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले बुधबार बेलुका सम्पन्न खेलमा कर्णाली शिवराजलाई ३–१ सेटले स्तब्ध पार्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उक्त खेलमा काठमाडौँ रेड्सले कर्णाली शिवराजलाई खुलेर खेल्न दिएन । लगातार दबाबमा राखेको काठमाडौँ रेड्सले पहिलो र दोस्रो सेट क्रमशः २८–२६ अङ्क तथा २५–१८ अङ्कले जित्यो । तेस्रो सेटमा भने कर्णाली शिवराज २५–२३ अङ्कले विजयी भयो ।

यद्यपि चौथो सेटमा काठमाडौँ रेड्सले सानदार पुनरागन गर्दै २५–२१ अङ्कको जित निकाल्यो । यो जितपछि काठमाडौँ रेड्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ ।

तेस्रो स्थानमा रहेको कर्णाली शिवराजसँग पनि चार खेलबाट आठ अङ्क नै छ । पहिलो सेटदेखि नै सगरमाथामाथि दबाब राखेको थियो । उसले पहिलो सेट २५–१२ ले हाफ्नो पक्षमा पार्यो ।

आज नै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्सले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हराएको थियो । यो जितपछि अन्नपूर्ण अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

एनभिएलको जारी प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्स, काठमाडौँ रेड्स, कर्णाली शिवराज, सगरमाथा स्म्यासर्स, मधेस वारियर्स र खप्तड फाल्कन्स गरी छ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यही भदौ २७ गतेसम्म सञ्चालन हुने उक्त लिगको विजेता टोलीलाई रु २० लाख पुरस्कार रकम प्रदान गरिने आयोजक केडिया ग्रुपले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १० : ०४ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च