मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण « Khabarhub

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी छन् ।

बिहीबार मन्त्रालयका अधिकारीसहितको टोलीले ट्रमा सेन्टरको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा छिट्टै निर्णय गरिने बताइन् ।

प्रादेशिकस्तरको उक्त ट्रमा सेन्टरको भौतिक संरचना चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने तयारी छ । करिब २२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सेन्टरको भौतिक प्रगति हालसम्म ७४ प्रतिशत पुगेको छ ।

निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरबाट उपचार सेवा सञ्चालन गर्न संघीय सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने भन्दै लुम्बिनी प्रदेश सरकारले ध्यानाकर्षण गराएको थियो । प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसहित मन्त्रालयका सम्बन्धित अधिकारीले यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्न पहल भइरहेको बताए ।

यसैबीच, मन्त्री मेहताले बिहीबार नै लमही अस्पतालको समेत निरीक्षण गरेकी छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ६ : २४ बजे

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व