कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा « Khabarhub

कांग्रेस महाधिवेशन

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले आफ्नो नामसँग जोडेर प्रचार गरिएका कुनै पनि उम्मेदवारको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले निर्वाचन एक दिन ढिलो हुँदा महाधिवेशन प्रतिनिधिमा परेको असुविधाप्रति क्षमासमेत मागेका छन् ।

‘यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो । यसपटक कुनै पनि प्यानल वा गुट छैन’, थापाले लेखेका छन् ।

उनले कुनै पनि अफवाहमा नलाग्न र भ्रममा नपरी आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन तथा विश्वासका आधारमा मतदान गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।

पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर प्रतिनिधिले गर्ने विवेकपूर्ण निर्णयले संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ७ : ५६ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान