कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू « Khabarhub

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् ।

मतदानका लागि दुई स्थानमा व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन् ।

त्यस्तै, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गरिरहेका छन् ।

मतदान प्रक्रिया सम्पन्न भएपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ८ : ३९ बजे

एउटा युग दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज