काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो « Khabarhub

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २ हजार ६०२ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका १ हजार ४०२, दोहोरो दर्ता भएका १ हजार १९८ र नागरिकता परित्याग गरेका दुई जनाको नाम हटाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका अनुसार मृत्यु भएका मतदाताको नाम सबैभन्दा बढी भुम्लु गाउँपालिकाबाट हटाइएको छ । भुम्लुबाट ३७५, पनौती नगरपालिकाबाट २९६, नमोबुद्ध नगरपालिकाबाट २८१, बनेपा नगरपालिकाबाट २४०, धुलिखेल नगरपालिकाबाट ९७, महाभारत गाउँपालिकाबाट ६५, पाँचखाल नगरपालिकाबाट ३४ र बेथानचोक गाउँपालिकाबाट १४ जनाको नाम हटाइएको छ ।

त्यस्तै, दोहोरो दर्ताका कारण पनौती नगरपालिकाबाट सबैभन्दा बढी १४१ जनाको नाम हटाइएको छ । चौँरीदेउराली गाउँपालिकाबाट ११८, नमोबुद्ध नगरपालिकाबाट १०९, पाँचखाल नगरपालिकाबाट १०४, मण्डनदेउपुर नगरपालिकाबाट १०१ र रोशी गाउँपालिकाबाट ९९ जनाको नाम हटाइएको छ ।

तेमाल गाउँपालिकाबाट ८२, धुलिखेल र बनेपा नगरपालिकाबाट ८०–८०, बेथानचोक गाउँपालिकाबाट ७४, भुम्लु गाउँपालिकाबाट ७२, महाभारत गाउँपालिकाबाट ७० तथा खानीखोला गाउँपालिकाबाट ६८ जनाको दोहोरो दर्ता हटाइएको कार्यालयले जनाएको छ ।

नागरिकता परित्याग गरेका कारण पनौती र मण्डनदेउपुर नगरपालिकाबाट एक–एक जनाको नाम हटाइएको छ ।

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्यागका कारण हटाइएका नाममध्ये भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ४४७ जना छन् । पनौती नगरपालिकामा ४३८, नमोबुद्धमा ३९०, बनेपामा ३२०, धुलिखेलमा १७७, पाँचखालमा १३८ र महाभारतमा १३५ जनाको नाम हटाइएको छ ।

त्यसैगरी, चौँरीदेउरालीबाट ११८, रोशीबाट ९९, बेथानचोकबाट ८८, तेमालबाट ८२, मण्डनदेउपुरबाट १०२ र खानीखोलाबाट ६८ जनाको नाम मतदाता नामावलीबाट हटाइएको सूचना अधिकारी मानन्धरले जानकारी दिए।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १२ : ०९ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा