पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो « Khabarhub

पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

पहिचान खुल्नेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी छन् । अर्की मृतक अन्दाजी १५ वर्षीया किशोरीको पहिचान खुल्न बाँकी रहेको छ ।

दुर्घटनामा परेका १७ जनालाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । अस्पतालका अनुसार पाँच जनालाई मृत अवस्थामा ल्याइएको थियो भने बाँकी १२ जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।

अन्य घाइतेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी र १४ वर्षीया आकृति बुढाथोकी छन् ।

त्यस्तै, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको पनि अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १२ : २६ बजे

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा