बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग « Khabarhub

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३.५० रुपैयाँ प्रयोग गरेका छन् ।

प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वैच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन् । 

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत, उद्धार तथा पुनः स्थापनाका कार्यक्रमहरूमा उपयोग हुने विश्वास लिइएको छ ।

कुमारी बैंकले सदैव सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायको साथमा उभिने परम्परा कायम राखेको छ । 

कर्मचारीहरूको यो योगदानले मानवीय संवेदना, सामाजिक एकता तथा राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाएको बैंकको विश्वास रहेको छ ।

यसअघि पनि कुमारी बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको थियो ।

साथै, उक्त बाढीबाट प्रभावितहरुको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयलाई ३९ लाख बराबरको अत्याधुनिक ड्रोन, पावर बैंक तथा जेनेरेटरलगायत आवश्यक विपद् व्यवस्थापन सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १२ : ४८ बजे

कृष्णभीरको पहिरो छल्न तयार पारिँदैछ वैकल्पिक सडक (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको