हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित « Khabarhub

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ ।

गत ९ गतेदेखि हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको हो । लामो समयदेखि हरियो सागसब्जी नदेखिएको स्थानीय तथा सुरक्षाकर्मी बताउँछन् ।

माछा–मासु पूर्णरूपमा बन्द भएको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षाचौकी ९बीओपी०का इन्स्पेक्टर केदार सापकोटाले बताए।

उनका अनुसार नाका बन्द भएपछि हिल्सामा खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ । बिरामी पर्दा उपचारका लागि स्वास्थ्यचौकी वा मेडिकलसमेत छैन । सशस्त्र प्रहरी बलका एक जना जवानले सिएमए तालिम लिएको र उनीसँग रहेको सामान्य औषधि, विशेषगरी सिटामोलकै भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए।

नाका बन्द हुँदा हिल्सामा रहेका नेपाली नागरिकको आवतजावतसमेत प्रभावित भएको थियो । चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ नेपाली नागरिक नेपालतर्फ प्रवेश गरेका छन् तीमध्ये केहीले हिउँ जमेको बाटो हुँदै नेपाल फर्किनुपरेको छ । 

कतिपय आजै पैदल मार्ग हुँदै अघि बढिसकेका छन् भने केही शुक्रबार बिहानै हिल्साबाट पैदल यात्रा सुरु गर्ने तयारीमा रहेको बताए । चीनबाट नेपाल आज अबेर प्रवेश गरेकाहरु भोलि बिहानै हिँड्ने तयारी गरिरहेको बताए। यता, नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम भने बुधबारबाट मात्रै सुरु भएको छ । 

नारा लेक क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउन सानो स्काभेटर (भ्याकु) प्रयोग गरिएको छ तर मेसिन सानो भएकाले दैनिक बढीमा एक–दुई किलोमिटर मात्रै सडक सफा गर्न सक्ने अवस्था रहेको छ । सडक सफा गर्ने गति निकै सुस्त भएपछि हिल्सामा रोकिएका नेपाली नागरिकमा झनै चिन्ता बढेको छ । 

यही गतिमा हिउँ पन्छाउने हो भने दसैँसम्म पनि घर पुग्न नसकिने भन्दै बिहीबार एक सयभन्दा बढी नेपाली  हिल्साबाट पैदलै यात्रा सुरु गरेका छन् । लामो समयदेखि सीमा नाका बन्द, सडकमा जमेको बाक्लो हिउँ, खाद्यान्नको अभाव र स्वास्थ्य सेवाको पहुँच नहुँदा हिल्सा अहिले समस्या नै समस्याको बीचमा छ । 

चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा हिल्साबाट घर फर्किन चाहने नागरिकका लागि अर्को चुनौती थपिएको छ ।

स्थानीय तथा सुरक्षाकर्मीका अनुसार तत्काल सडकमा प्रभावकारी रूपमा हिउँ पन्छाउने व्यवस्था गरी यातायात सञ्चालनमा ल्याउन नसके हिल्सामा खाद्यान्न र स्वास्थ्य संकट थप गहिरिन सक्ने देखिएको छ ।

यतिबेला हिल्समा ३५ जना ससस्त्र प्रहरी, २० जना नेपाल प्रहरी, चार जना अध्यागमन कार्यालय र चार जना भन्सारका गरी ६३ जना सरकारी कर्मचारी छन् भने केही स्थानीय नागरिकसमेत बस्दै आएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १२ : ४९ बजे

कृष्णभीरको पहिरो छल्न तयार पारिँदैछ वैकल्पिक सडक (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको