दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ? « Khabarhub

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ ।

पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ ।

मन्त्री लम्सालका अनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त पुल पटक-पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन । निर्माणमा चरम ढिलाइ भएपछि सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखेर बाँकी कामका लागि २०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो ।

तर, नयाँ ठेक्का सम्झौता भएको १ वर्षसम्म पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पुरानो ठेक्काअन्तर्गत निर्माण गरिएको सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट नहुनु र पर्याप्त बजेट विनियोजन नहुनु निर्माणमा ढिलाइ हुनुका प्रमुख कारण रहेको मन्त्री लम्सालले बताउनुभयो ।

समस्या पहिचानपछि डिभिजन कार्यालयमार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारिएको र आवश्यक बजेटको पूर्ण व्यवस्थापन गरेर निर्माणलाई तीब्रता दिइएको उहाँको भनाइ छ ।

हाल पुलका मुख्य संरचनासहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भइसकेको छ । एप्रोच रोड र रिभर ट्रेनिङको काम भने जारी रहेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ ।

लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको लालबकैया पुलको निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीय बासिन्दाको आवागमन सहज हुने तथा क्षेत्रीय यातायात सञ्जालमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १ : २६ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका