महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह « Khabarhub

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमनमा पुगेका छन् ।

आज पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःख लागेको बताए । उनले पुलको यथाशीघ्र पुनर्निर्माण तथा नियमित मर्मत सम्भारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरे ।

लेखकले यो पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई सिङ्गो देशकै ऐतिहासिक सम्पदा भएको उल्लेख गरे । कुनै समय नेपालको अन्य भूभागसँग जोडिन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको दोधारा चाँदनीलाई प्रत्यक्ष रूपमा देशको अन्य भूभागसँग जोड्न पुलले महत्त्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे ।

२०५६ सालमा कञ्चनपुरबाट पहिलो पटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा आफूले महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधारा चाँदनी जोड्नुपर्ने प्रस्ताव राख्दा कतिपयले असम्भव भन्दै ठट्टा गरेको लेखकले बताए । 

तर, नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र नेपाली निर्माणकर्ताबाट पुल निर्माण गर्न सफल भएको उनले उल्लेख गरे ।

उनका अनुसार यस पुलको निर्माणपछि नेपालका अन्य स्थानमा समेत लामो झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा सहयोग पुगेको थियो । त्यसैले पुलको संरक्षण, पुनर्निर्माण र नियमित मर्मत सम्भार आवश्यक रहेको लेखकको भनाइ छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १ : २० बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न