काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन् ।
शुक्रबार नेतृत्व चयनका लागि भइसकेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५,००० भन्दा बढी युवाहरू पार्टीमा जोडिएको भन्दै ठूलो आकर्षण र ऊर्जा देखिएको उनीहरूमा देखिएको बताएका हुन् ।
उनले अहिलेको महाधिवेशन कुनै एउटा पुस्ताको महाधिवेशन नभई चार–पाँच वटा पुस्ताको सन्तुलन भएकाले गाउँमा खट्ने श्रमिकदेखि बौद्धिक वर्गसम्म सबैलाई जोड्ने प्रयास गरिएको उल्लेख गरे ।
महाधिवेशन एक दिन लम्बिए पनि निर्वाचन प्रक्रिया एकदमै सहज र उत्साहजनक ढङ्गले अघि बढिरहेको उनले बताए ।
उनले विगतमा पनि मतगणना र अन्य प्रक्रियामा १ हप्तासम्म लाग्ने गरेको भन्दै यस पटक छिटो परिणाम आउने विश्वास व्यक्त गरे ।
कांग्रेसको महाधिवेशनमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध भइसकेका छन् ।














प्रतिक्रिया