खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित « Khabarhub

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित मुख्य शाखा कार्यालयले सञ्चालन गरेको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित भएका छन् । 

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयतमा नेपालगञ्ज भन्सार कार्यालयले कडाइ गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्र पुग्न थालेका हुन् ।

दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी नेपालगञ्जमा सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु ५०० छुटको व्यवस्था गरेपछि भोक्ताको आकर्षण लिमिटेडका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिए । 

‘चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको केन्द्रबाट चाडपर्व अवधिभर १०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको छ’, उनले भने, ‘हालसम्म ७५ क्विन्टल भन्दा बढी बिक्री भइसकेको छ ।’

घिमिरेका अनुसार बिक्री केन्द्रबाट अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री भइरहेको छ  कार्यालयले बजार मूल्यभन्दा कम दरमा विभिन्न प्रकारका चामल बिक्री गर्दै आएपछि उपभोक्ताले खरिदमा प्रत्यक्ष आर्थिक लाभ पाएका छन् ।

सहुलियत मूल्यमा बिक्री हुने चामलको दर बजार मूल्यको तुलनामा कम रहेकाले चामल खरिदमा उपभोक्ताको आकर्षण देखिएको उनको भनाइ छ । 

एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य रहे पनि उक्त कोटा सकिएपछि बिक्रीवितरण विभाग प्रधान कार्यालय काठमाडौँसँगको समन्वयमा आवश्यक कोटा थप गर्न सकिने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
 

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  २ : २९ बजे

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व