कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम « Khabarhub

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि नयाँ सङ्क्रमण केन्द्र देखिनु र छिमेकी देशमा फैलिनुले महामारी नियन्त्रणमा चुनौती थपिएको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्क्रमण घटेको तथ्याङ्कलाई सावधानीपूर्वक लिन आग्रह गरेका छन् ।

कङ्गोका स्वास्थ्य अधिकारीका अनुसार अक्टोबर ६ सम्ममा आठ हजार ७२८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार २०५ जनाको मृत्यु भएको छ । मे महिनाको मध्यमा प्रकोप घोषणा भएयता सात प्रान्तका ६४ स्वास्थ्य क्षेत्रमा सङ्क्रमण फैलिएको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारी वेसम मानकोलाका अनुसार पछिल्ला तीन सातामा इटुरी प्रान्तमा सङ्क्रमण २४ प्रतिशत र उत्तरी किभुमा १९ प्रतिशतले घटेको छ । 

तर, असुरक्षा र स्थानीय समुदायको असहयोगले सङ्क्रमणको निगरानी तथा विवरण सङ्कलनमा बाधा पुर्‍याएकाले वास्तविक अवस्था फरक हुन सक्ने उनले बताए । 

प्रभावित ६४ स्वास्थ्य क्षेत्रमध्ये ४७ वटामा अझै सक्रिय सङ्क्रमण छ । इबोलाबाट हुने ६० देखि ७० प्रतिशत मृत्यु स्वास्थ्य संस्थाबाहिर हुने गरेको र सम्पर्कमा आएका व्यक्तिको पहिचानमा कमजोरी रहेको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, केन्यामा पहिलो पटक बाहिरबाट भित्रिएको इबोला सङ्क्रमण पुष्टि भएपछि क्षेत्रीय जोखिम बढेको छ । कङ्गोमा बस्दै आएका ४० वर्षीय केन्याली व्यापारीमा सङ्क्रमण पुष्टि भएको थियो । उनी सेप्टेम्बरमा बिरामी परेको र अक्टोबर ३ मा युगान्डा हुँदै नैरोबी पुगेका थिए । सोमबार उनको मृत्यु भएको थियो ।

केन्याका अधिकारीले कम्पालाबाट नैरोबी गएको उडानका यात्रु तथा चालक दलका सदस्यसहित ५५ जनालाई निगरानीमा राखेका छन् । कङ्गो, युगान्डा र केन्याले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको पहिचान गर्न सहकार्य गरिरहेका छन् ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले निगरानी र समुदायसँगको सहकार्यमा सुधार भए पनि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी पर्याप्त नभएको बताए ।

उनले केन्याले सङ्क्रमणबारे तत्काल जानकारी गराएकोमा प्रशंसा गर्दै पारदर्शितालाई दण्डित नभई प्रोत्साहित गर्नुपर्नेमा जोड दिरे । दुवै स्वास्थ्य निकायले यात्रा प्रतिबन्धको सट्टा स्वास्थ्य परीक्षण, शीघ्र पहिचान र सूचनाको आदानप्रदानमा जोड दिएका छन् ।

बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध हालसम्म विशेष खोप वा उपचार स्वीकृत भएको छैन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको प्रारम्भिक परीक्षण अक्टोबर ६ मा युगान्डामा सुरु भएको छ भने मोडर्नाले विकास गरेको अर्को खोपले परीक्षणका लागि नैतिक स्वीकृति पाएको छ ।

कङ्गोले जाइर इबोला भाइरसविरुद्ध स्वीकृत एरभेबो खोपको ७० हजार मात्रा प्राप्त गरे पनि त्यो बुन्डिबुग्यो भाइरसविरुद्ध प्रभावकारी प्रमाणित भएको छैन ।

अक्टोबर ७ सम्ममा सात हजार ७७५ स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइएको छ । थप ८४८ जनाले अनुसन्धान कार्यक्रमअन्तर्गत खोप पाए पनि आपूर्तिको अभावमा उक्त कार्यक्रम स्थगित भएको छ । प्रयोगात्मक उपचारको परीक्षणमा ६५४ जना सहभागी छन् ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यो अभिलेखमा सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला प्रकोप हो । यो विश्वकै दोस्रो ठूलो र कङ्गोमा अहिलेसम्मकै ठूलो प्रकोप हो । मानवीय सङ्कट जारी रहेकाले नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा अधिकारीहरूले जोड दिएका छन् । रासस
 

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  २ : ३७ बजे

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व