२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक « Khabarhub

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर भाडामा लिएर सुनको अवैध ओसारपसार र कारोबार गर्ने तीन जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै प्रहरीले तीन जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने चिनियाँ नागरिकमा जियाङ्सु, ग्वाङडोङ स्थायी ठेगाना भई हाल बूढानीलकण्ठ बस्दै आएका २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङकिन र ३७ वर्षीय वाङ जियानझेन रहेका छन् ।

विशेष सूचनाका आधारमा सूक्ष्म निगरानी बढाउँदै उनीहरुलाई ‘अपरेशन ब्राभो गोल्फ’ कारवाही अन्तर्गत बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट अवैध सुन, नगद, ओसारपसारमा प्रयोग गरिएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन तथा उपकरणहरू र विभिन्न कागजातहरू बरामद गरेको छ ।

प्रहरीले कानुनी बमोजिमका प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएका अभियुक्तहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ३ : २३ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका