कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो « Khabarhub

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा ३ हजार ७५४ मत खसेको छ ।

निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहमा तोकिएका मतदान केन्द्रमा मतदान जारी छ । कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छन् ।

दिउँसो २:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा १ हजार २३४ मध्ये ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका २ हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन्।

त्यस्तै, लुम्बिनीमा १ हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा १ हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन् ।

निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याएको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो।

मतदान निर्वाध रूपमा चलिरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ३ : १६ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका