महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता « Khabarhub

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा बोल्डिनले हालैको बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा परी बेपत्ता भएका अमेरिकी नागरिकका साथै अन्य पीडितहरूको खोजतलास, पहिचान र उद्धारमा नेपाल प्रहरीले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरिन् ।

सो अवसरमा कार्यवाहक राजदूत बोल्डिनले विपदबाट प्रभावित नेपाली र अमेरिकी नागरिकको सहयोगका लागि अमेरिका सधैँ प्रतिबद्ध रहेको जनाएकी छिन् ।

उनले अमेरिकाका तर्फबाट विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आवश्यक उपकरण, विपद् पीडित पहिचान (डीभीआई) सहयोग र र्‍यापिड डीएनए सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ४ : २२ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी