‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’ « Khabarhub

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले नेपाली कांग्रेस बूढापाकाको मात्र नभएर सबै पुस्ताको साझा पार्टी भएको स्पष्ट पारेकी छन् । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेकी पौडेलले महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सबै पुस्ताको समायोजनबाट नेपाली कांग्रेसलाई अझ बलियो र समावेशी बनाउनुपर्ने धारणा व्यक्त गरेकी हुन् ।

पार्टीभित्र युवाहरूको प्रतिनिधित्व र अवसरबारे बोल्दै पौडेलले गगन थापालगायतका नेताहरूले पार्टीमा युवाहरूका लागि ढोका खोलेको र त्यो अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने बताएकी छन् । युवा पुस्तामा बढ्दै गएको बेरोजगारी, मानसिक स्वास्थ्यका समस्या तथा तीव्र रूपमा भइरहेको वैदेशिक पलायनजस्ता मुख्य समस्याहरूलाई सम्बोधन गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।

आफू अझै सिक्दै र अध्ययन गर्दै गरेको परिपक्व उम्मेदवार बन्ने क्रममा रहेको स्वीकार गर्दै उनले पुराना र अनुभवी नेताहरूबाट धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गरिन् । महाधिवेशनमा प्रतिनिधिको सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँदै उनले लोकतान्त्रिक चुनावमा हार–जित स्वाभाविक प्रक्रिया भएकाले चुनावी परिणामलाई सहर्ष स्वीकार गर्ने प्रतिबद्धता जनाएकी छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : १६ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको