दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए « Khabarhub

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

वित्तीय फरफराकका लागि ३० दिनको समय


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ वटा निर्माण व्यवसायी तथा कम्पनीहरूको ठेक्का सम्झौता अन्त्य गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं मातहतको सडक डिभिजन चरिकोटले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न सडक आयोजनाको ठेक्का तोडिएको र वित्तीय फरफराकको प्रक्रिया अघाइएको जनाएको छ।

डिभिजन कार्यालयका अनुसार, जिरी सायमा लप्सा सडक, जिरी सिक्रे–हावा–भीरकोट–किर्ने सडक, तामाकोशी जिरी सडक, जिरी कुन्दार फेदी खावा सडक, दोलखा नगदहा सडक, अनाशलय महाँकाल सडकलगायत विभिन्न २२ वटा सडक तथा संरचनागत मर्मतसम्भार र निर्माण आयोजनाहरूको जिम्मा लिएका निर्माण व्यवसायीहरूले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सकेका थिएनन्।

लिखित तथा मौखिक रूपमा पटक-पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीहरू कार्यसुधार गर्न तयार नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) बमोजिम सम्झौता अन्त्य गरिएको हो।

सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार ‘पोस्ट टर्मिनल इभ्यालुएसन’ सम्पन्न भई सरकारी बाँकी सरह रकम असूलउपर गर्ने कानुनी व्यवस्था भएकाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित कार्यालयमा सम्पर्क राखी वित्तीय फरफराक गर्न व्यवसायीहरूलाई कडा आग्रह गरिएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ६ : ३८ बजे

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।