दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए « Khabarhub

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

वित्तीय फरफराकका लागि ३० दिनको समय


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ वटा निर्माण व्यवसायी तथा कम्पनीहरूको ठेक्का सम्झौता अन्त्य गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं मातहतको सडक डिभिजन चरिकोटले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न सडक आयोजनाको ठेक्का तोडिएको र वित्तीय फरफराकको प्रक्रिया अघाइएको जनाएको छ।

डिभिजन कार्यालयका अनुसार, जिरी सायमा लप्सा सडक, जिरी सिक्रे–हावा–भीरकोट–किर्ने सडक, तामाकोशी जिरी सडक, जिरी कुन्दार फेदी खावा सडक, दोलखा नगदहा सडक, अनाशलय महाँकाल सडकलगायत विभिन्न २२ वटा सडक तथा संरचनागत मर्मतसम्भार र निर्माण आयोजनाहरूको जिम्मा लिएका निर्माण व्यवसायीहरूले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सकेका थिएनन्।

लिखित तथा मौखिक रूपमा पटक-पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीहरू कार्यसुधार गर्न तयार नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) बमोजिम सम्झौता अन्त्य गरिएको हो।

सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार ‘पोस्ट टर्मिनल इभ्यालुएसन’ सम्पन्न भई सरकारी बाँकी सरह रकम असूलउपर गर्ने कानुनी व्यवस्था भएकाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित कार्यालयमा सम्पर्क राखी वित्तीय फरफराक गर्न व्यवसायीहरूलाई कडा आग्रह गरिएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ६ : ३८ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी