कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन « Khabarhub

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ।

कार्यविधिमा उल्लेखित प्रावधान विपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीलाई प्रयोग गरिएको गुनासो प्राप्त भएको भन्दै फिर्ता गर्न बिहीबार निर्देशन दिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कार्यविधिमा व्यवस्था भए विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा आ–आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन भनिएको छ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१ बमोजिम बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) को स्पष्ट व्यवस्था बमोजिम सुरक्षाकर्मी खटाउने गरिएकोमा पछिल्लो समय कार्यविधिमा उल्लिखित प्रावधान विपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीलाई प्रयोग गरिएको गुनासो प्राप्त भएको गृह मन्त्रालयको दाबी छ।

आफ्नो निर्देशन एवं कार्यविधि विपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई पनि कारबाही गरिने चेतावनी गृह मन्त्रालयले दिएको छ।

कोही कसैले कानुन विपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीलाई प्रयोग गरेको पाइएमा गह मन्त्रालयको कल सेन्टरमा जानकारी दिन अनुरोध गरेको छ।

यस्तो सूचना खटिएका सम्बन्धित सुरक्षाकर्मी एवं सर्वसाधारणले पनि दिन सकिने र उनीहरूको गोपनियता कायम राखिने गृह मन्त्रालयको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : ०८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका