सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण « Khabarhub

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ ०१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १६ पैसा र बिक्रीदर १५ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४६ पैसा बिक्रीदर ३९९ रुपैयाँ ०५ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ०५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ५ : ४३ बजे

आजदेखि कोप–३१ सुरु, वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

काठमाडौँ- गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले

यमपञ्चक अन्तर्गत आज गाईपूजा गरिँदै

काठमाडौँ– यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सप्तरङ्गी पर्व तिहार : पशुपन्छी पूजादेखि भाइटीकासम्म

काठमाडाैँ – सप्तरङ्गी तिहार । संसारमा सायदै यस्ता पर्व अरू

आज २०८३ साल कात्तिक २३ गते सोमबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २३ गते सोमबार सन् २०२६