आज कर्णाली र पोखरा तथा चितवन र काठमाडौँ खेल्ने « Khabarhub

एनपीएल

आज कर्णाली र पोखरा तथा चितवन र काठमाडौँ खेल्ने


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

कर्णाली र पोखराबीचको खेल दिउँसो साढे १२ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुनेछ ।

प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीलाई आजको खेल महत्वपूर्ण रहेको छ । जारी लिगमा चार खेल खेलिसकेको कर्णालीले दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ ।

यस्तै, समान खेल खेलेको पोखरा अहिलेसम्मका चारवटै खेलमा पराजित छ । पोखरा आज पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

यसअघिका संस्करणलाई हेर्ने हो भने कर्णाली र पोखराबीच दुई खेल भएका छन् । जसमा दुवैले एक–एक खेल जितेका थिए ।

यस्तै, आजै अपराह्न ५ बजे हुने खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । चितवन तेस्रो जितको लक्ष्यमा रहँदा काठमाडौँ चौथो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

जारी लिगमा चितवनले अहिलेसम्म चार खेलमध्ये दुईमा जित, एकमा हार र एक खेलमा अंक बाँड्दै ५ अंक जोडेको छ । काठमाडौँले भने तीनमा जित र एकमा हार बेहोर्दै ६ अंक बनाएको छ ।

यसअघिका दुई संस्करणमा चितवन र काठमाडौँबीच दुई खेल हुँदा दुवैले एक–एकमा जित निकालेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ८ : ०० बजे

डोल्पा कारागारबाट भागेका ६ कैदीबन्दी पक्राउ

कर्णाली– जिल्ला कारागार डोल्पाबाट फरार भएका ८ मध्ये ६ जना

आज कर्णाली र पोखरा तथा चितवन र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ ।

चितवनको घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग

हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल